Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • क्यान्सरलगायतका दीर्घ रोगीहरुलाई मासिक ५ हजार भत्ता दिने अर्थमन्त्रीको घोषणा

    क्यान्सरलगायतका दीर्घ रोगीहरुलाई मासिक ५ हजार भत्ता दिने अर्थमन्त्रीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् दीर्घ रोगीका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता प्रदान गर्ने भएको छ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।



    यस्तै राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको अर्थमन्त्री शर्माले बताए।



    देउवाले यसअघि अघिल्लो पटक प्रधानमन्त्री हुँदा दीर्घ रोगीलाई पाँच हजार जीवन निर्वाह भत्ता दिने निर्णय गरेका थिए । तर, संघीय निर्वाचनपछि आएको केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त कार्यलाई रोक गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार