Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादीमा जान पाउँ भन्ने दुई एमाले सांसदको मुद्धा न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमाथि आज सुनुवाइ हुने भएको छ। यसअघि हिजो (बिहीबार) पहिलो पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

बुधबार एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले सर्वोच्चमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरी दिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077