Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अशरफ गनीद्वारा देश छाड्नुको कारण सार्वजनिक, अफगान जनतासँग क्षमायाचना

    अशरफ गनीद्वारा देश छाड्नुको कारण सार्वजनिक, अफगान जनतासँग क्षमायाचना

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी ।अफगानिस्तान छोडेर यूनाइटेड अरब एमिरेट्समा शरण लिइरहेका पूर्वराष्ट्रपति अशरफ गनीले अफगान जनतासँग क्षमायाचना गरेका छन्। जे भयो त्यसप्रति दुःख प्रकट गर्दै उनले भने, ‘काबुल छोड्नु मेरो जीवनको सबैभन्दा कठिन निर्णय थियो।’

    तालिबान लडाकुहरू राजधानी काबुलतर्फ अघि बढिरहेको बेलामा अगस्ट १५ बेला उनले अकस्मात् देश छोडेका थिए।



    सामाजिक सञ्जाल ट्विटरमा एउटा विज्ञप्ति प्रकाशन गर्दै उनले जनतालाई छोडेर जान आफूले नचाहेको तर त्यसो गर्नुबाहेक अरू विकल्प नरहेको बताए।



    दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

    विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् तर अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन्।

    उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन्। बीबीसीका एक जना दक्षिण एशिया सम्वाददाताले उनले प्रतिक्रिया जनाउन निकै ढिला भइसकेको बताउँदै अफगान नागरिकहरूले गनीलाई माफ गर्न नसक्ने बताएका छन्।

    अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए। उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन्।

    उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए। अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए।

    राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो। उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्। उनलाई तालिबानले सधैँ अमेरिकाको “कठपुतली” का रूपमा चित्रित गर्ने गरेको छ। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार