Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महामन्त्रीमा गगन र विश्वप्रकाश भिड्ने पक्का, बीपीको जन्मजयन्ती पारेर गरे उम्मेदवारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि प्रवक्ता शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे । प्रवक्ता शर्मा संस्थापन पक्ष अर्थात् देउवा पक्षमा रहेका छन्।

[insert page='84105' display='yopanipadhnuhos.php']

यता, संस्थापन इतर (रामचन्द्र पौडेल) समूहमा रहेका नेता गगन थापाले पनि महामन्त्रीमा आफ्नो उम्मेदवारी यसअघि नै घोषणा गरिसकेका छन्। थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिकाको एक कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरेका थिए।

महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका नेताद्वय शर्मा र थापा आशन्न पार्टीको  १४ औं महाधिवेशनमा देउवा पक्ष र पौडेल पक्षबाट भिड्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077