Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको आक्रोश, ‘दुबै पत्र जनतालाई झुक्याउने षडयन्त्र’

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले एमसीसी पास गराउने षडयन्त्र भइरहेको बताएकाक छन्। एमसीसीविरुद्ध खरोरुपमा प्रस्तुत हुँदै आएका रावलले अमेरिकालाई नेपालको पत्र र उसले पठाएको जवाफ षडयन्त्रकै उपज भएको बताएका छन्।

एमसीसीको मुख्यालयले एमसीसी परियोजना नेपालको संविधान र सार्वभौमिकताभन्दा माथि नरहेको तथा सम्झौता भइसकेको परियोजना संसोधन पनि हुन नसक्ने जवाफ पठाएको केहीबेरपछि रावलले सामाजिक सञ्चालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

एमसीसीमा राखिएका कतिपय प्राबधानको सशक्त प्रतिवाद गर्दै आएका रावलले सरकारले एसीसीलाई लेखेको पत्र र त्यसको जवाफी पत्र दुबैले सार्वभौमिकता र देशको स्वाधिनतामा विपरीत भएका सम्झौतालाई सम्बोधन गर्ने दाबी गरेका छन्।

‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन’, रावलले ट्वीटरमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077