Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संखुवासभा नरसंहार : विदेशबाट छोरा फर्किए, इटहरीस्थित बुढीगंगामा अन्त्येष्टि

सुनसरी । संखुवासभामा सामूहिक हत्या गरिएका कार्की परिवारको सुनसरीको इटहरीस्थित बुढीगंगा घाटमा अन्तिम दाहसंस्कार गरिएको छ। संखुवासभाको मादीमा सोमबार हत्या गरिएका उनीहरुको बुधबार अन्त्येष्टि गरिएको हो।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा सोमबार तेजबहादुर कार्कीसहित ६ जनाको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि बुढीगंगा घाटमा अन्त्येष्टि गरिएको हो।

अज्ञात व्यक्तिले सोमबार ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या गरेका थिए।

घटना थाहा पाउनेबित्तिकै अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म कुनै क्लु भेटाउन सकेको छैन। प्रारम्भिक अनुमानमा लुटपाटका लागि हत्या भएको आशंका गरिए पनि घरमा नगर र गरगहना सुरक्षित पाइएको छ। यससँगै घटना थप रहस्यमय बनेको छ। प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसनधान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077