Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादीको प्रश्न -संसद चल्न नदिने घोषणा गर्ने केपी ओली को हुन् ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिने भन्दै दिएको अभियक्ति उन्मादको एक रुप भएको टिप्पणी गरेको छ।

बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालसहितका नेताहरु संसदमा उपस्थित भए संसद चल्न नदिने घोषणा गरेका थिए । ओलीको उक्त अभिव्यक्ति मिडिया खपतको विषय मात्रै भएको माधव नेपाल नेतृत्वको नेकपा एसको निष्कर्ष छ।

‘माधव नेपालसहितका नेता संसदमा उपस्थित भए संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ?’ भन्दै समाजवादीका सांसद विरोध खतिवडाले बैठकमा प्रश्न समेत गरे । खतिवडाले संसदको नियमावली २१ र संविधानको धारा १०५ ले अदालतमा चलेको विचाराधीन मुद्दामा संसदमा बहस गर्न पाइने छैन भन्ने स्पस्ट व्यवस्था भएपनि ओलीले अनावश्यक आरोपहरू लगाएको बताए ।

[insert page='84852' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077