Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • मेक्सिकोको सर्वोच्च अदालतको ठहर – गर्भपतन अपराध होइन

    मेक्सिकोको सर्वोच्च अदालतको ठहर – गर्भपतन अपराध होइन

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ।

    उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ।



    सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई ूमहिला अधिकारको लागि ऐतिहासिक कदमू का रूपमा व्याख्या गरे।



    सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो।

    गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ।

    बलात्कारका घटना वा आमाको जीवन खतरामा रहेको अवस्था बाहेक हाल त्यहाँ केही राज्यहरूमा मात्रै गर्भपतनलाई कानुनी मान्यता दिइएको छ।

    गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ऐतिहासिकको संज्ञा दिएको छ। बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार