Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘रणनीति’ बनाउन एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि नवगठित नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्ने भएको छ। बैठक बुधबार (आज) नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा २ बजे बस्दैछ।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीका अनुसार बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागिएको हो। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ।

एमाले फुटेर बनेको एकीकृत एस संसदको चौथो ठूलो दल हो। एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्। एकीकृत एसमा प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077