Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुल्मीमा एमालेको दबदबा : एउटा जनप्रतिनिधिले पनि रोजेनन् एकीकृत समाजवादी

गुल्मी । नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोजन आजसम्मको समय दिएको थियो। यसक्रममा विभिन्न जिल्लाका जनप्रतिनिधिहरुले दल रोजेका छन्।

तर गुल्मीमा भने एमालेको दबदबा नै देखिएको छ। त्यहाँ जनप्रतिनिधिका हिसाबले एमाले विभाजनको असर शून्य देखिएको छ। दल रोज्ने समय सकिने दिनसम्म एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन्। यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन्। यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसहित थप ३३० जना जनप्रतिनिधि एमालेबाट निर्वाचित छन्। तीमध्ये एक जना पनि नयाँ दलका पक्षमा सनाखत गर्न नआएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077