Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा डुवान परेका २ सय ६२ जनाको सकुशल उद्वार

काठमाडौं । सशस्त्र प्रहरीले अविरल वर्षासँगै आएको बाढि तथा डुवानमा परेका २ सय ६२ जना व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्धार सिनामंगलले काठमाडौको कागेश्वरी, काँडाघारी, त्रिपुरेश्वर, गुहेश्वरी, गौरीघाट,थापाथली र सिनामंगलमा डुवानमा परेका १ सय ५० जनाको उद्धार गरेको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीले कागेश्वरी नगरपालिका ६ तथा भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ र २ बाट ९२ जना व्यक्तिको उद्धार गरेको हो ।

ललितपुर महानगरपालिका २ गुसिङ्गालमा डुवानमा परेका १४ जनाको भने सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकालीले उद्धार गरेको हो । सशस्त्र प्रहरीले काठमाडौ महानगरपालिका १३ स्थित कालीमाटी तथा विष्णुमतीको किनारबाट पनि दुई जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077