काठमाडौँ । गैर कानूनीरुपमा मदिरा व्यापार गरेको आरोपमा कुवेतमा चार जना नेपाली पक्राउ परेका छन् ।
कुवेतको हवेलीस्थित एक अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने तयारी गरिरहेका बेला उनीहरु पक्राउ परेको त्यहाँको सञ्चार माध्यमले जनाएका छन्।
पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको बताइएको छ।
Leave a Reply