Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • संखुवासभा हत्याकाण्ड : तीजपछि झापामा जग्गा किन्ने तयारीमा थियो कार्कीको परिवार !

    संखुवासभा हत्याकाण्ड : तीजपछि झापामा जग्गा किन्ने तयारीमा थियो कार्कीको परिवार !

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । सङ्खुवासभा घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल मादीतर्फ प्रस्थान गरेको छ।

    सीआईबीका डीआईजी धिरजप्रताप सिंहका अनुसार डीएसपी रुगम कुँवरको कमाण्डमा तीन जनाको टोली मंगलबार संखुवासभा पठाइएको छ । ‘घटना निकै गम्भीर र जघन्य प्रकृतिको देखिएपछि अनुसन्धानमा सहयोगका लागि टोली पठाएका छौं,’ डीआईजी सिंहले भने, ‘स्थानीय प्रहरीलाई हाम्रो टोलीले सहयोग गर्नेछ। ‘



    डीआईजी सिंहका अनुसार सीआइबीको टोलीले घटनास्थल वरपर  मोबाइलको लोकेशन केलाउनेदेखि, विभिन्न अन्य प्राविधिक पाटाको अनुसन्धान गर्नेछ ।जसले मा सहयोग पुग्नेछ।



    जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीका अनुसार जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको छ । त्यसका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वको तालिम प्राप्त कुकुरसहितको टोली सोमबार राति नै घटनास्थल पुगेको थियो।

    तर, तालिम प्राप्त ट्रयाकर डग लैला र पिकु लिएर घटनास्थल पुगे पनि पानी परेका कारण डग स्नीफिङ प्रभावकारी हुन नसकेको प्रहरीको भनाइ छ।

    ‘पानी परेकाले गन्ध पखालिने र शंकास्पद व्यक्ति पहिचान गर्न कुकुरलाई समेत गाह्रो हुनेगर्छ, ‘एक प्रहरी अधिकारीले भने, ‘अर्कोतर्फ लामो समय भएकाले हत्याराको गन्ध पनि कुकुरले पहिल्याउन गाह्रो हुनेगर्छ।’

    यता, घटनास्थल पुगेको प्रहरी स्रोतका अनुसार घटनामा आर्थिक चलखेल देखिएको छ । कार्की परिवारको घरमा पैसा रहेको आशंकामा लुट्न  आएका व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान देखिएको जनाएको छ।

    प्रहरी स्रोतका अनुसार हत्या भएका तेजबहादुर कार्कीको परिवार तीजपछि झापामा जग्गा किन्ने तयारीमा थियो । हत्या भएका तेजबहादुर कार्कीका दुई छोरा रमेश र नरेश वैदेशिक रोजगारीमा विदेशमा छन्। उनीहरुले झापामा जग्गा किन्न लागि भनेर केही दिन पहिला पैसासमेत पठाएको पाइएको छ ।

    सोमबार बिहान मादी नगरपालिका–१, खोलागाउँका ६ जनाको शव घरभित्र र बाहिर छरिएको अबस्थामा फेला परेको थियो । उक्त घटनामा ९० वर्षीय बौद्धमान कार्की भने सकुशल रहेका थिए। आँखा कम देख्ने र कान पनि कम सुन्ने उनलाई घटनाबारे भने केही जानकारी नभएको पाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार