काठमाडौं । स्पीनर सन्दीप लामिछाने चम्कँदा पपुवा न्युगिनी (पीएनजी)विरुद्दको पहिलो एकदिवसीय खेलमा नेपालले १ सय ३५ रनको सामान्य लक्ष्य पाएको छ।
मंगलबार ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । पीएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रन बनाए। त्यस्तै, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए ।
पीएनजीलाई ससतैमा समेट्ने क्रममा स्पीनर लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विक्रम सोब र कुशल मल्लले समान २/२ विकेट लिए । यस्तै, सोमपाल कामीले १ विकेट लिए ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
नेपालको टोली : ज्ञानेन्द्र मल्ल(कप्तान) कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।
Leave a Reply