Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीको विरोधमा उत्रियो विप्लवको पार्टी, भोलिदेखि देशव्यापी संघर्षका कार्यक्रमहरु घोषणा

काठमाडौँ । नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहसको विषय बनिरहेको छ। सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि बहससँगै विरोध, प्रदर्शनका कार्यक्रम पनि हुन थालेका छन्।

यसैबीच नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले  भोलिदेखि आगामी भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो ।

जसअनुसार भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा गर्ने पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077