Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कांग्रेस महाधिवेशन :

    देउवाको गृह जिल्लामा क्रियाशील सदस्यता विवाद : वडा सभापतिले गरे कांग्रेसको किरिया

    देउवाको गृह जिल्लामा क्रियाशील सदस्यता विवाद : वडा सभापतिले गरे कांग्रेसको किरिया

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.5K
    SHARES

    डडेल्धुरा । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीको क्रियाशील सदस्यता विवाद चरम उत्कर्षमा पुगेको छ ।

    यसैबीच जिल्लाको अमरगढी नगरपालिका-९ का वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी कांग्रेसको किरिया बसेको बताएका छन्।



    सभापति पालले सामाजिक सञ्जालमा ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’भन्दै कपाल खौरेको फोटो पोष्ट गरेका छन्  । विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले सोमबार कपाल खौरेर कांग्रेसको किरिया बसेको बताएका छन्।



    गत आइतबार सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार