Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेपाल भर्सेज पिएनजी : विक्रमले लिए दोस्रो विकेट

    नेपाल भर्सेज पिएनजी : विक्रमले लिए दोस्रो विकेट

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले दोस्रो विकेट गुमाउन पुगेको हो । दुबै विकेट  नेपाली बलर विक्रम सोबले लिएका हुन्। आफ्नो डेब्यु खेलमा कीर्तिमानी विकेट लिएका सोबले आफ्नो दोस्रो ओभरमा पनि विकेट लिएका हुन्।



    दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।



    नेपालको टोली : ज्ञानेन्द्र मल्ल(कप्तान) कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार