काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको बैठक बोलाएका छन् ।
सभापति देउवाले बैठक मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार भोलिको बैठकमा आगामी संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्ने बताइएको छ ।
संघीय संसदको बैठक पर्सि (बुधबार) बस्दैछ ।
Leave a Reply