काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववीयूले गृहमन्त्रीको पुत्ला जलाएको छ ।
सोमबार दिउँसो अनेरास्ववियूका विद्यार्थीहरूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएका हुन् । उनीहरुले उक्त क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाएका थिए ।जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको थियो।
यस्तै, उक्त प्रदर्शनमा विद्यार्थीहरूले एमसीसीको समेत विरोध गरेका थिए । ‘एमसीसी मुर्दावाद’ लेखिएको प्लेकार्डसहित भेला भएका उनीहरूले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।
Leave a Reply