Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संखुवासभा घटना प्रकरण : स्थानीय भन्छन्- शव घर वरिपरि यत्रतत्र छरिएको छ, लखेटी-लखेटी मारेको देखिन्छ

संखुवासभा। जिल्लाको मादी नगरपालिका– १ खोला गाउँमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ ।

स्थानीय वृद्ध ९३ बर्षीय बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । आँखा देख्न र कान सुन्न नसक्ने बौद्धमान भने सकुशल रहेका छन् ।

परिवारका ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुबेदीले बताए।

स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ ।

घटनाबारे स्थानीय शिक्षक योगेन्द्रओझा यस्तो भन्छन् :

'मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं । हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।

काका (तेजबहादुर)लाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन् । उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ । उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ ।

अहिले प्रहरी आएर अनुसन्धान गरिरहेको छ । कसैलाई पनि शव नजिक जान दिएको छैन ।

बौद्धमान (तेजबहादुरको बुबा ) बुढो हजुरबुबा हुनुहुन्छ । उहाँलाई केही थाहा छैन । बेलुका म सुत्दाखेरि खाना खादै थिए भन्नुहुन्छ । उहाँ कान सुुन्न र बोल्न सक्नुहुन्न ।

प्रहरीका अनुसार घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट ६ घण्टा टाढा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077