Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्यरातमा बाबुराम भट्टराईले भने -एमसीसी कार्यान्वयन गरौं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउन आह्वान गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईले आइतबार राती सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। ट्वीटरमा भट्टराई लेख्छन्, ‘यसमा राष्ट्रिय सहमति गरौँ : उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसँगका, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ, अमेरिकीसँग चिठी आदानप्रदानसहित एमसिसी कार्यान्वयन गरौं !  युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077