Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • नेपालविरुद्ध भारतको अग्रता दोब्बर (लाइभ)

    नेपालविरुद्ध भारतको अग्रता दोब्बर (लाइभ)

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं – मैत्रीपूर्ण खेलमा नेपालविरुद्ध भारतले अग्रता बनाएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारतले गोल गरेको हो।

    खेलको ६१ औं मिनेटमा भारतले शुरुवाती अग्रता बनायो। उसका लागि फारुक चौधरीले गोल गरेका थिए। त्यसपछि खेलको ८० औं मिनेटमा भारतले दोस्रो गोल गरेको छ। यसपटक भारतका लागि सुनिल क्षेत्रीले गरेका हुन्। उनले काउन्टर एट्याकमा गोल गरे।



    खेलमा पछि परेसँगै नेपाल दबाबमा देखिएको छ। नेपालले पहिलो हाफमा केही सुन्दर अवसरहरु खेर फालेको थिया। शुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको नेपाल दोस्रो हाफमा केही कमजोर देखिएको छ।



    यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। सो खेलमा नेपालले शुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो। खेलपछि दुबै टोलीका प्रशिक्षकले नतिजामा असन्तुष्टि व्यक्त गरेका थिए।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार