काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् ।
यसअघि प्रधानमन्त्री रहेका बेला पनि ओली नेपाल र बंगलादेशको म्याच हेर्न रंगशाला पुगेका थिए । ओलीले त्यस बेला खेलाडीहरुलाई मैदानमै पुगेर हौसला प्रदान गरेका थिए।
अहिले खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा कुनै पनि गोल हुन सकेन।
Leave a Reply