एजेन्सी । दक्षिण पूर्वी एशियाली देश भियतनाममा एक महिलाले प्रयोग भइसकेको कण्डम जम्मा पारेर पुन: बेच्ने गरेको पाइएको छ ।
उनले केही व्यक्तिहरुको सहयोगमा ती कण्डमहरु जम्मा गर्ने गरेको र ती कण्डमहरुलाई पानीमा धोएर नयाँ भन्दै बेच्ने गरेको समाचारमा उल्लेख गरिएको छ।
प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ। ती कण्डमहरु देशको दक्षिणी प्रान्त बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो ।
भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार प्रहरीले कण्डमले भरिएका यी ब्यागसहित महिलालाई पक्राउ गरेको हो । जसको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकले उनले अज्ञात ब्यक्तिवाट प्रयोगमा आइसकेका कण्डम किनेर फेरी बेच्ने गरेका थिए । त्यसलाई धोइपखाली गरेर बेच्ने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।
पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों, त्यसपछि कण्डमलाई काठको लि ङ्गमा राखेर फेरि पुरानै आकार दिएर नयाँ जस्तै बनाइन्थ्यो । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों ।
महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों ।
Leave a Reply