Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी पारित गरे राष्ट्रघाती कुकर्म हुने भीम रावलको टिप्पणी

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपाल र नेपालीको हितमा नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष डा. भीम रावलले पुन: दोहोर्याएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने समेत टिप्पणी गरेका छन् ।

‘नेपाल सरकारको निर्णय अधिकारलाई सिमित पारिएको छ । सरकारले कुनै निर्देशन दिन नसक्ने,नीति निर्माण गर्न नसक्ने,र जुन मिलिनियम च्यालेन्ज अकाउन्ट भन्ने कार्यालय खोलेको छ,कस्तो भ्रम सिर्जना गर्न खोजिएको छ ? 'रावलले आपत्ति जनाउदै भने, 'त्यसको प्रमुख नेपालको अर्थसचिव,बोर्डको प्रमुख पनि नेपालकै,तर त्यो बोर्ड र त्यो मिलेनियम च्यालेन्ज एकाउन्टले नेपाल सरकारको कुनै निर्देशन नमान्ने,सिधै एमसीसीको निर्देशन मान्ने भनिएको छ ’,रावलले प्रश्न गरे, ‘यो कल्पना गर्न सकिन्छ ?के अमेरिकाले आफ्नो देशको कुनै कार्यालयलाई त्यसरी विदेशीको निर्देशनमा राख्न तयार हुन्छ ?’

यसअघि पनि रावलले सामाजिक सञ्जालमार्फत् एमसीसी सम्झौता अघि बढाउन लागि सरकारले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर राष्ट्रघाती कदम चालेको भन्दै विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077