Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादीमा पनि अटाउन सकेनन् बामदेव गाैतम

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा पनि अटाउन सकेनन् ।

गत शुक्रबार नेकपा एमालेवाट विभाजित भएर बनेको नव गठित नेकपा समाजवादीले नेपालको नेतृत्वमा पाँच सदस्सीय स्थायी कमिटी बनाउँदा एमाले परित्याग गरेका गौतम अटाउन नसकेका हुन् ।

नेकपा समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ (अपानि) अन्तर्गतको स्थायी कमिटीमा अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् । तर, जबजको सिद्धान्तमा अड्किएर बसेका गौतमलाई भने अपानि स्थायी कमिटीमा राखिएको छैन ।

‘पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको निम्ति अध्यक्ष कमरेड माधवकुमार नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहनु भएका कमरेडहरु मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, प्रमेश हाल रहनु भएको स्थायी कमिटी गठन गरिएको छ’ अपानिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077