Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाश भिड्दै !

    कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाश भिड्दै !

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्यद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा भिड्ने भएका छन्।

    गत भदौ १४ गते काठमाडौं महानगरपालिकाको एक कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरेका थापा पछिल्लो समय कांग्रेसमा संस्थापन इतर (रामचन्द्र पौडेल) समूहमा छन्।



    यसअघिको १३ औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री पदमा लडेर पराजित भएका थापा यसपटक भने पौडेल समूहमा उभिएका छन्।



    यता,  संस्थापन पक्ष अर्थात् देउवा पक्षबाट महामन्त्रीमा  प्रवक्ता विश्वप्रकाश शर्माको चर्चा भइरहेको छ। तर, देउवा पक्षबाटै महामन्त्री पदमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउद पनि आकांक्षी छन् ।

    स्रोतका अनुसार पौडेल समूहबाट थापाले उम्मेदवारी घोषणा गरेकोले उनीजस्तै युवा र लोकप्रिय उम्मेदवार खडा गर्न देउवालाई चुनौती  रहेको र त्यही चुनौतीलाई पनछ्याउन देउवाले महामन्त्रीमा प्रवक्ता शर्मालाई उभ्याउन सक्ने आँकलन भइरहेका छन्।

    यसअघि शर्माले पनि आफू महामन्त्री पदमा लड्ने संकेत पहिलेदेखि गरिसकेका छन् तर उनले औपचारिक घोषणा भने गरिसकेका छैनन्।

    उनले आफू प्रवक्ताबाट रिटायर्ड हुन नआएको भन्दै चाँडै नै चुनावी मैदानमा देखा पर्ने बताएका छन् । वडा अधिवेशन सुरू भएको दिन भदौ १८ मा शर्माले भनेका थिए- चाँडै नै मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु । शर्मा यसअगाडि केन्द्रीय सदस्य मात्रै लडेका थिए।

    स्रोतका अनुसार शर्माले यही साता महामन्त्री पदमा उम्मेदवारी दिनेछन् । शर्माले सम्भवत बिपी जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार