Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई प्रकारको लाइसेन्स वितरण सुरु

काठमाडौं । यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए।

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो उनले भने, “अहिले यातायात व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण कार्य १९ वटै यातायात व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077