काठमाडौं – सशस्त्र प्रहरी बलका पूर्व एआईजीपी ठाकुरमाहेन श्रेष्ठले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न माग गरेका छन्। श्रेष्ठले नक्कली नागरिकता देखाएरसमेत नेताहरु मन्त्री बनेको भन्दै आक्रोश पोखेका छन्।
‘नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गरियोस्। हाम्रो पहिचानका लागि हामी जनताकाबीचमा जान पनि तयार छौं,’ काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने।
श्रेष्ठले देशका पूर्व सुरक्षाकर्मीहरुले नै राष्ट्रको गरिमा बचाउनुपर्ने बताउँदै यसका लागि सबै पूर्व सुरक्षाकर्मीहरु तयार रहनुपर्ने जानकारी दिए। भारत, तथा अन्य देशको पैसा खाएर देशमाथि गद्धारी गर्नेहरुलाई नछाड्ने उद्घोष उनले गरेका छन्।
‘विदेशी भत्ता खाएर, भारत तथा चीनको पैसा खाएर नक्कली नागरिकता ल्याएर मन्त्री बन्नेहरु अब खबरदार। देशविरुद्ध गद्धारी गर्नेहरुको अन्त्य छाड्ने छैनौं,’ श्रेष्ठले भने।
Leave a Reply