Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामदेव गौतमले छाडे एमाले, पार्टी केन्द्रीय कार्यालयमै गएर बुझाए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा नबस्ने निर्णय गरेका छन्। यसअघि नै एमाले छाड्ने निर्णग गरिसकेका गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएका छन्।

नेता गौतमले केन्द्रीय कार्यालय पुगेर पार्टी सचिव शेरबहादुर तामाङको हातमा राजीनामा पत्र थमाएका हुन्। नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए।

उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए। एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए। तर एकीकृत समाजवादीले जनताकाे बहुदलीय जनवाद (जबज) छाडेको भन्दै उनले पार्टी प्रवेशमा आनाकानी गरिरहेका छन्।

गौतमले एमालेबाट राजिनामा दिए पनि अब के गर्ने भन्ने बताएका छैनन्। २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका हुन्। उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन्।

गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन्। गौतमले एकीकृत एसले जबजलाई अँगालेर अघि बढेमा आफू पार्टी प्रवेश गर्ने सर्त राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077