Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानान्तर कमिटी गठन गर्ने जनमोर्चाका नेता-कार्यकर्ता पार्टीबाटै निष्काशित

धनगढी। सुदूरपश्चिम प्रदेशमा समानान्तर समिति गठन गरेर पार्टी हित विपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही गरिएको छ ।

अवैधानिक भेला राखेर पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरी फुटपरस्त काम गरेकाले केन्द्रीय सदस्य लालबहादुर जाग्री, सल्लाहकार लोकेन्द्र लम्सालसहितका नेतालाई पार्टीको साधारण सदस्यवाट निष्कासन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए ।

यसैगरी सो पार्टीका स्थानीय नेता केशवनाथ योगी, गोविन्द विक र लछिराम आचार्यलाई समेत साधारण सदस्यबाट निष्कासन गरिएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले लिएको पछिल्लो राजनीतिक गतिविधिप्रति असहमति राख्दै सो पार्टीका केन्द्रीय सदस्य जाग्री लगायतका नेताको सहभागितामा केही दिनअघि भएको भेलाले प्रदेश समिति गठन गरेको थियो ।

'जनमोर्चाको समानान्तर गतिविधिमा संलग्न सबैलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,' महासचिव भट्टले भने, '२०६२÷६३ मा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन पाँच दलीय गठनबन्धन बनेको हो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077