Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नेपाल सरकारले गरेको पुनर्निर्माण प्रयासमा हातेमालो गर्ने भारतको प्रतिबद्धता

    नेपाल सरकारले गरेको पुनर्निर्माण प्रयासमा हातेमालो गर्ने भारतको प्रतिबद्धता

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । भारतले  नेपाल सरकारले गरेको पुनर्निर्माण प्रयासमा हातेमालो गर्न आफूहरु प्रतिबद्ध रहेको बताएको छ।

    शुक्रबार भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)ले संयुक्त रुपमा हातेमालो गर्ने प्रतिबद्धता जनाउदै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।



    पत्रमा नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि आफूहरु तयार रहेको भारतले बताएको छ।



    विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    जसमा २०७२ सालको भूकम्पले क्षति पुगेका यी परियोजनाहरुको ने रु ४२० करोड अनुदान सहयोगमा पुनर्निर्माण गरिनेछ । दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) रहेको छ । उक्त कार्यक्रममा भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीहरु तथा भारत सरकारको परियोजना परामर्शदाता INTACH र CBRI का प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।

    त्यसैगरी शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि १०० मिलियन अमेरिकी डलरका दरले भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत कूल २५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेको छ ।

    त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा घरहरुको निर्माण भइरहेको भारतीय दूतावासले जनाएको  छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार