काठमाडौँ । महानगरीय अपराध महाशाखाले अवैध रुपमा यार्सागुम्बाको कारोवार गर्ने चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा गोरखा चुमनुब्री -३ घर भइ हाल काठमाडौँ ४८ बर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ हाल काठमाडौँ नयाँ बसपार्क र बानियाँटार बस्ने क्रमश : ५० बर्षीय बेलबहादुर थापा र कृष्ण परियार र प्युठान खलङ्गा न.पा ११ घर भइ काठमाडौँकै तारकेश्वर बस्ने ४७ बर्षीय दानबहादुर जिसी रहेका छन्।
पक्राउ परेका उनीहरुलाई महाशाखाको टोलीले बिहीबार दिउँसो गोप्य सूचनाको आधारमा डुण्डुपको डेराबाट नियन्त्रणमा लिएको हो । महाशाखाका अनुसार उनीहरुको साथबाट १ केजी ८५० ग्राम यार्सागुम्बासहित नगद ८ लाख समेत फेला परेको छ।
उनीहरुलाई आबश्यक कारवाहीको आज शुक्रबार वन डिभिजन कार्यालय काठमाण्ड पठाईएको महाशाखाले जनाएको छ ।
Leave a Reply