Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई नं प्रदेशसभामा नेकपा समाजवादीको बहुमत

जनकपुरधाम । २  नं प्रदेश्सभामा नेकपा एमाले विभाजित हुँदा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा बहुमत देखिएको छ ।

संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् । बिहीबार दश जना उपस्थित भएर र हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले नेपाली दूतावासमार्फत समाजवादी दल रोजेको पत्र आएपछि यो सङ्ख्या ११ पुगेको हो ।

सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव छन्।

सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नाका साथै पछल्लोपटक सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि १० जना पुगेकोे हो ।

नेता महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद (भदौ २२ भित्र) एकीकृत समाजवादीमै आएर सनाखत गर्ने गर्ने जिकिर गरेपनि एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुबै सहभागी भएकाले महतोको जिकिर नपुग्ने एमाले नेता सत्यनारायण बताउछ्न्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077