काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएकाे छ ।
बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीले गृहमन्त्रीसँग मुलुकको पछिल्लो सुरक्षा अवस्था तथा देशका विभिन्न भागमा आएको बाढी, पहिरा र डुबानकाबारे जानकारी लिएकी थिइन् ।
यस्तै, राष्ट्रपतिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे पनि चासो राखेको बुझिएको छ ।
यसैगरी भेटमा मन्त्री खाँणले धामी बेपत्ताबारे छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको जानकारी गराएका थिए ।
Leave a Reply