Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यूयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं – अमेरिकाको न्यूयोर्कमा आएको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको परी ३ नेपालीको ज्यान गएको हो।

बाढीमा परी ज्यान गुमाउनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन्।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो ) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077