Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीमा भर्ना गरिदिन्छु भनेर ठगी गर्ने युवक प्रहरीकै फन्दामा

धनगढी । प्रहरीले ठगीको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंह रहेका छन्।

सिंहले प्रहरीमा भर्ना गरी दिन्छु भन्दै एकजनासँग ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरू सकिएको र अन्तिम नतिजा आउने समय हुन लागेका बेला सिंहले एक जनालाई प्रहरी बनाई दिन्छु भनी ठगी गरेको बताइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चौराहबाट सिंहलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट ६० हजारको चेक पनि बरामद गरिएको छ। प्रहरीका अनुसार सिंहविरुद्ध ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077