Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भारतविरुद्धको खेलमा नेपाललाई अग्रता, अन्जन बिष्टले गरे पहिलो गोल

    भारतविरुद्धको खेलमा नेपाललाई अग्रता, अन्जन बिष्टले गरे पहिलो गोल

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले सुरुवाती अग्रता बनाएको छ।

    प्पहिलो हाफ अन्तर्गत खेलको ३६ औं मिनटमा नेपालका लागि अन्जन बिष्टले सुरुवाती गोल  गरेका हुन्। भारतका चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् ।



    खेल अहिले साँझ साँढे ५ बजेबाट दशरथ रंगशालामा सुरु भइरहेको छ।



    माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।

    फिफा वरीयतामा भारत नेपालभन्दा माथि रहेको छ । पछिल्लो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।

    नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्ने लक्ष्य रहेको बताएका छन्। करिब ६ हजार घरेलु दर्शकमाझ खेलेको नेपाललाई इतिहास रच्ने सुनौलो अवसर रहेको छ।

    नेपाली टिम :

    गोलकिपर- किरण चेम्जोङ

    डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

    मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा

    फरवार्ड – नवयुग श्रेष्ठ , आयुष घलान, अन्जन विष्ट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार