Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दार्चुला घटनाबारे भारतले भन्यो : नेपालको आन्तरिक प्रतिवेदनबारे प्रतिक्रिया छैन, एसएसबीको संलग्नता आरोप मात्रै हो

    दार्चुला घटनाबारे भारतले भन्यो : नेपालको आन्तरिक प्रतिवेदनबारे प्रतिक्रिया छैन, एसएसबीको संलग्नता आरोप मात्रै हो

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ । दार्चुला तुइन घटना प्रकरणमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी नगर्न आग्रह गरेको छ।

    बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए ।



    उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गर्दै छानबिन समितिले तयार गरेको प्रतिवेदनबारे टिप्पणी गर्न अस्वीकार गरेको हो।



    गत साउन १५ गते दार्चुलाको ब्याँस गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मंगलबार दिएको प्रतिवेदनमा एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख गरिएको छ । समितिले उक्त घटनामा एसएसबीको उपस्थितिबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सिफारिस समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार