Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापा पौडेल कित्तामा उभिए !

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा रामचन्द्र पौडेल कित्तामा उभिएका छन् ।

बिहीबार पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता यसअघि महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थिए ।

केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अचम्मका रुपमा हेरिएको छ ।

यसअघि महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापाले आफू-कुन समूहमा लागेको खुलाएका थिएनन् ।

पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिन कसरत गर्दै आएको छ। १३ औं महाधिवेशनमा सँगै चुनाव लडेका नेताहरु शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा एकै ठाउँमा उभिएर देउवालाई कडा संदेश दिएका हुन्।

यस्तै, महामन्त्रीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति  देउवा समूहबाट गृहमन्त्री बालकृष्ण खाँड र नेता प्रकाशशरण महतबीच को उठ्ने भन्ने बारेमा प्रतिस्पर्धा चलिरहेको छ।

देउवाले खाँडलाई गृहमन्त्री बनाएपछि महतलाई अगाडि ल्याउन खोजिरहेका छन्। तर, खाँडले भने मानेका छैनन । उनी जसरी पनि महामन्त्री बन्ने दाउमा छन्।

[insert page='83008' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077