Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नमुना देश बन्यो उत्तर कोरिया, चीनको खोप लिन अस्वीकार

एजेन्सी। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई दिन लागिएको लगभग ३० लाख कोभिड खोप  अन्य कतै पुगेको जनाएको छ ।

विश्वका धेरै देशहरु कोभिड महामारी बाट नराम्ररी प्रभावित छन् र विश्वव्यापी रुपमा कोभिड खोपको अभाव छ।

तर, उत्तर कोरियाले कोभिड खोप नै अस्विकार गरेको जनाइएको छ।

उत्तर कोरियालाई ग्लोबल कोभ्याक्स कार्यक्रम अन्तर्गत कोभिड खोप दिने भनिएको थियो। यो चीनमा बनेको सिनोभ्याक खोप थियो।

कोभ्याक्स कार्यक्रमको उद्देश्य संसारको गरीब देशहरुमा खोप आपूर्ति गर्नका लागि हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अगस्ट १९  सम्म उत्तर कोरियाले कोभिड- १९ को कुनै केस रिपोर्ट गरेको छैन।

डब्लूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा  ३७२९१ मानिसहरु (स्वास्थ्यकर्मीहरु र फ्लू जस्तै रोगहरुको लक्षणहरु सहित) को परीक्षण गरिएको र ती सबैको नकारात्मक परीक्षणभएको उल्लेख गरेको छ ।

उत्तर कोरियामा कोभिडको स्थितिबारे कहिल्यै  स्पष्ट रूप कुरा बाहिर आएको छैन।

उत्तर कोरियाले महामारीको शुरुवातदेखि नै कडा कदम चालेको दाबी गर्दै आएको छ । उत्तर कोरिया गत बर्ष कोरोना महामारीको शुरुमा आफ्नो सिमाना बन्द गर्ने पहिलो देशहरु मध्ये एक थियो।

यो पहिलो पटक होइन कि उत्तर कोरियाले खोप लिन अस्वीकार गरेको छ। यसअघि जुलाईमा, सम्भावित साइड इफेक्टको कारण देखाउँदै उत्तर कोरियाले एस्ट्राजेनेका खोपको लगभग २० लाख डोजको ढुवानी अस्वीकार गरेको थियो।

रसियाका विदेश मन्त्री सर्गेई लाभ्रोभले जुलाईमा पत्रकारहरुलाई  रसियाले स्पुतनिक खोप आपूर्ति गर्न उत्तर कोरियालाई धेरै पटक प्रस्ताव गरेको वताएका थिए ।

उत्तर कोरियाले कोभिड १९ खोपको प्रभावकारिताबारे शंका उठाएको छ। उत्तर कोरियाका राज्य नियन्त्रित मिडिया प्राय: अमेरिका वा युरोपमा खोपको नकारात्मक प्रभावको बारेमा समाचार प्रकाशित गर्दै आएका छन् । -बिबिसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077