Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रहेनन् कश्मीरका चर्चित नेता गिलानी, यस्तो छ उनको जीवन कहानी

    रहेनन् कश्मीरका चर्चित नेता गिलानी, यस्तो छ उनको जीवन कहानी

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी – कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको निधन भएको छ। उनको ९१ वर्षको उमेरमा बुधबार राति निधन भएको हो। गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए।

    भारतीय सञ्चारमाध्यमका अनुसार गिलानीको निधनसँगै कश्मीरमा केही प्रतिबन्धहरु थपिएको छ। अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ।



    पीडीपीका नेता महबुबा मुफ्तीले लेखेका छन्, ‘गिलानी साहेबको निधनको खबरले दुःखी छु। हामीबीच धेरै मुद्दामा सहमति थिएन तर तीव्र निर्णय गर्न सक्ने र आफ्नो विश्वासमा टिकिरहन सक्ने क्षमताका लागि उनलाई सम्मान गर्दछु। अल्लाहले उनलाई स्वर्गमा ठाउँ दिउन्। उनको परिवारजनमा समवेदना प्रकट गर्दछु।’



    गिलानी कश्मिरमा सक्रिय पृथकतावादी नेता हुन्। २९ सेप्टेम्बर १९२९ मा जन्मिएका उनी हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिन्छन्।

    उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए। उनी कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आएका थिए। उनले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गरेका थिए।

    भारतीय संस्थापनले उनीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो। उनीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो। भारत सरकारले उनको पासपोर्ट पनि खोसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार