पर्सा । नेपालको विपद् व्यवस्थापनका लागि मानवीय सहायता गर्दै आएको छिमेकी राष्ट्र भारतले बाढी प्रभावित परिवारहरुका लागि राहत सामग्री उपलब्ध गराएको छ।
बुधवार भारत सरकारको तर्फबाट भारतको दूतावास बीरगंजका नितेश कुमारले नेपाल-भारत महिला मैत्री समाज (NIWFS)का अध्यक्ष एवं सांसद चन्दा चौधरीलाई बाढी पिडितहरूको लागि राहत सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण गरिएको राहत सामग्रीमा Big Size Tents, Family Rigid Tent (Single Fly), Family Rigid Tent (Double Fly), Plastic Sheets र Sleeping Mats सामेल छन् जुनकि नेपाल को प्रदेश नं २ का ६ वटा जिल्लाहरुमा बाढी प्रभावित परिवारहरुलाई वितरण गरिने बताइएको छ।
हस्तान्तरण समारोहमा पर्सा जिल्लाका राजनीतिक दलका नेता तथा भारत–नेपाल महिला मैत्री समाजका पदाधिकारिहरू उपस्थित थिए।
Leave a Reply