Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सिरहामा दुई परिवारबीच विवाद, कुटपिटबाट एक महिलाको मृत्यु

    सिरहामा दुई परिवारबीच विवाद, कुटपिटबाट एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    सिरहा। जिल्लाको कल्याणपुर नगरपालिका–९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ ।

    सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।



    भारसैरदेवीको मृत्यु भएलगत्तै कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार भएको उपरीक्षक बुढाथोकीले बताए । भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार