Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कोरोना भाइरस

    संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या १२३ जनाले बढी, २० जनाको मृत्यु

    संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या १२३ जनाले बढी, २० जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ जनाको पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ को एन्टिजेन परीक्षणमा १४१ जना गरी १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ६२ हजार ६४७ जना पुगेको छ ।



    जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा र २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ७५० जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो सोमबार २,२९५ जना संक्रमित थपिँदा १६ जनाको मृत्यु भएको थियो भने  १,८०८ जना डिस्चार्ज भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार