काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )एमालेबाट विभाजित भएर हालै गठन भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा स्थापना भएको छ ।
संघीय संसद सचिवालयले मंगलबार अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई कार्यालय उपलब्ध गराएको हो ।
कार्यालय संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको सचिवालयले जनाएको छ।
पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष नेपाल रहेका छन्। गत आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको थियो।
यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रतिनिधिसभामा २३ सांसद छन् भने राष्ट्रियसभामा सात जना सांसद छन्।
Leave a Reply