Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् ती अमेरिकी सैनिक, जसले निर्धारित समयभन्दा १ मिनट अगाडि अफगानिस्तान छाडे

काठमाडौं । अफगानिस्तानबाट अमेरिकाको २० बर्ष सैन्य उपस्थितिको समाप्त भएको छ । गएराती अफगानिस्तानबाट अमेरिकाको सैन्य अभियान पूर्ण रुपमा फिर्ता भएपछि २० बर्ष सैन्य उपस्थितिको समाप्त भएको हो।

अमेरिकी सेनाले काबुल छाड्ने अन्तिम सैनिकहरूको फोटो शेयर गरेको छ । नाइट भिजन क्यामेराबाट खिचिएको तस्बिरमा ८२ एयरबर्न डिभिजनका कमान्डर जनरल क्रिस डोनाहु सोमबार राति विमानमा चढ्नका लागि हिँडिरहेको देखिन्छ । ‘अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छाडे,’ अमेरिकी सेन्ट्रल कमाण्डले ट्वीट गरेको छ ।

हिजो मध्यरातको स्थानीय समयअनुसार १२ बज्नभन्दा एक मिनेटअघि अमेरिकी सैन्य विमान काबुलबाट उडेको थियो । यसअघि तालिबानीहरुले अमेरिकी सेनालाई ३१ अगष्टसम्म अफगानिस्तान छाड्न चेतावनी दिएको थियो।

https://twitter.com/DeptofDefense/status/1432492782837501956

 

 

विभागका अनुसार अमेरिकी सेनाका २ स्टार जनरल रहेका ती सैनिकको पूरा नाम क्रिस्टोफर टोड डोनाह्यु हो । उनी अहिले अमेरिकाको नर्थ क्यारोलिनाको फोर्ट ब्रागमा रहेको ८२ औं एयरबर्न डिभिजनका कमाण्डिङ जनरल हुन् । आफ्नो करिअरमा क्रिसले अमेरिकी सेना र स्पेसल अपरेशन युनिटमा स्टाफ र कमाण्डिङ पोजिसनमा रहेर काम गरेका छन् ।

न्यूयोर्कको वेस्ट प्वाइन्टमा रहेको अमेरिकी सैनिक एकेडेमीबाट ग्रयाजुएसनपछि सन् १९९२ मा क्रिसले सेकेण्ड लेफ्टिनेन्टको रुपमा इन्फेन्ट्री शाखामा काम सुरु गरेका थिए । उनको पहिलो असाइनमेन्ट दक्षिण कोरियामा सेकेण्ड इन्फान्ट्री डिभिजनमा प्लाटुन लिडरको रुपमा थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077