Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटको तयारी

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १५ भाद्र २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मन्त्रिपरिषद् विस्तार  र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन्। मंगलबार बिहानैदेखि सुरु भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका छन् ।



    यस अघि हिजो सोमबार बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई चाडै पूर्णता दिने सहमति गरेको थियो ।



    गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेकपा एकीकृत समाजवादी र जसपालाई समेत सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तारको तयारीमा छन् ।

    हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

    देउवा नेतृत्वको सरकार गठन भएको करिब डेढ महिना हुनै लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सर्वत्र आलोचना भइरहेको छ ।

    उच्चस्तरीय राजनीतिक स्रोतकाअनुसार आज बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा मिलाउने र सम्भबत आज या भोलीमै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार