लमजुङ – आगलागीमा परी लमजुङमा दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान साढे १ बजे घरमा आगलागी हुँदा श्रीमान–श्रीमतीको ज्यान गएको हो।
मृत्यु हुनेमा ५६ वर्षीय धर्मराज भन्डारी र उनकी श्रीमती पशुपती रहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। आगलागीबाट धन्सार पूर्ण रुपमा जलेको छ।