Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पाकिस्तानको धम्की, ‘अफगानिस्तानमा हाम्रो कुरा नमाने ठूलो चुनौतीको सामना गर्न तयार हुनु’

    पाकिस्तानको धम्की, ‘अफगानिस्तानमा हाम्रो कुरा नमाने ठूलो चुनौतीको सामना गर्न तयार हुनु’

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले अफगानिस्तानको मुद्दामा पाकिस्तानको कुरा नसुनेको खण्डमा विश्व एउटा ठूलो समस्याको सामना गर्न तयार हुनुपर्ने बताएका छन्।

    टीआरटी वर्ल्डलाई अन्तर्वार्ता दिँदै चौधरीले यस्तो बताएका हुन्। ‘पछिल्ला केही दिनहरुमा पाकिस्तानको सल्लाहलाई ध्यान दिइएको छैन। यदि पाकिस्तान र यहाँका प्रधानमन्त्रीको सल्लाह मानेको भए स्थिति फरक हुने थियो,’ उनले भने।



    ८० दशकको सम्झना गर्दै चौधरीले त्यसबेला पाकिस्तानको स्थिति धेरै चिन्ताजनक रहेको बताए। १९८८ मा सोभियत संघ अफगानिस्तानबाट बाहिरिएपछि पाकिस्तानले धेरै समस्याको सामना गर्नुपरेको उनले जानकारी दिए।



    ‘अफगान संघर्षको समाधान गर्नका लागि रुस, चीन, अमेरिका र पाकिस्तानको महत्वपूर्ण भूमिका छ, यसका साथै एक अर्को समूह जसका सदस्यहरु टर्की, पाकिस्तान, ईरान र अन्य मध्य एशियनहरुले यस समस्याको समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ,’ चौधरीले भने।

    चौधरीले अमेरिकी र नाटो सेना अफगानिस्तानबाट बाहिरिने बित्तिकै पाकिस्तान फेरि एक पटक यस दलदलमा फसेको बताएका छन्। उनले पाकिस्तानमा पहिले नै ३५ लाख शरणार्थीहरु बसिरहेका हुनाले अर्थव्यवस्थामा अधिक शरणार्थीहरुलाई आश्रय गर्ने क्षमता नरहेको प्रष्ट पारे।

    त्यसपछि उनले चेतावनी दिँदै भने, ‘विश्वले अफगानिस्तानलाई पहिले जसरी अफगानिस्तानलाई छाडेको थियो अब पनि त्यही गल्ती दोहोराएमा भने हाम्रो सिमानामा चरमपन्थी संगठनहरुको भीड हुनेछ, जुन हाम्रो लागी ठूलो चिन्ताको विषय हुनेछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार